चासोक तङनाम सार्वजनिक

 

काठमाडौं,
भाद्र ११ ।

लिम्बु भाषाको गीतको भिडियो ‘चासोक तङनाम’ सार्वजनिक भएको छ । शनिवार राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजनागरि गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रमुख अतिथि प्राज्ञ अशोक लोहरुङ राई, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङवुहाङ्को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सर्जक हर्क योङ्हाङ, कलाकार भीम तुम्बाहाङ्फे आदिको उपस्थिति थियो । कार्यक्रममा युवा निर्देशक लोकेन साँवाले भिडियोको बारेमा चर्चा गरेका थिए भने अन्य वक्ताले आफ्नो भाषा संस्कृतिको जगेर्णाका खातिर यसरी नै जागरुक हुनु पर्नेमा जोड दिएका थिए ।
कलाकार भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, सैलेन्द्र थेवे, निर्मल सुब्बा, खुश्बु चेम्जोङ लगायतकाले भिडियोमा जिवन्त अभिनय गरेका छन् ।
‘तरेमे चासोक तङनाम ओ चुमिरो…..’ बोलको गीतको शब्द हर्क योङहाङ र सङ्गीत अशोक लोहरुङ राईको रहेको छ । याक्थुङ हाक्पारे पालाम सयङका महासचिव शैलेन्द्र थेबेद्वारा सञ्चालित सो कार्यक्रममा उपस्थितहरुले भिडियोमा लिम्बु कला, संस्कृतिलाई समेटिएकोले उत्कृष्ट बनेको प्रतिकृया दिएका थिए । भिडियोको नृत्य निर्देशक दिनेश माङ्गमुले गरेका हुन् भने ‘तरेमे चासोक तङनाम ओ चुमिरो…..’को भिडियोलाई चाडैं नै डी.भी.डी.प्रकाशन गर्ने र त्यसको बिक्री, बितरणबाट सङ्कलित रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार