काठमाडौं,
भाद्र ४ ।
मिस विश्वकर्मामाको अन्तिम प्रतिस्प्रधाका लागि आठ सुन्दरी छानिएका छन् । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘मिस विश्वकर्मा इन्टरनेशनल’को अन्तिम प्रतिस्प्रधाका लागी ८ सुन्दरी छानिएका हुन् ।
गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट आठ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ ।
अन्तिम आठ प्रतिस्प्रधिमा निलम गजमेर, सुजता खाती, सोनु बिश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना बिश्वकर्मा रहेका छन् । प्रतियोगिताको निर्णयकमा मिस नेपाल २००५ कि सुगारिका केसी, सङ्गीतकार राम सिटौला, नायिका सुवेक्छा थापा, मोडल दिवस उप्रेती, मोडल दीपक घिमिरे, मिडियाकर्मी सिरोमणी दवाडी र कृष्ण भट्टराई रहेका छन् ।
आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दीपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगीत टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ । ‘कतारको सनैयामा हुन गइरहेको यो प्रतियोगिता भब्य र सब्य तरिकाले सम्पन्न हुन गइरहेको छ’, बराइलीले भने ।
आयोजकको तर्फबाट सुरु सुनारले पनि अन्तर्राष्ट्रियस्तरमै पहिलो पटक हुन गइरहेको यो प्रतियोगिता भब्य र सब्य हुने बताइन् । साथै उनले विश्वकर्मा समुदायका युवतीहरुमा भएका प्रतिभा नेपाल मात्र नभएर नेपाल बाहिरसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको बताइन् ।






