इन्दिरा जोशीको आयो बैरी लै (भिडियोसहित)

काठमाडौं,
भाद्र ३ ।

गायिका इन्दिरा जोशीले तीज गीत ‘आयो बैरी लै…’ लिएर आएकी छन् । देशप्रेमले सजिएको अनि माइति नेपाललाई सम्झेको अत्यन्त शालिन तीज गीत लिएर आएकी हुन् उनी ।

हट टाइपका गीत गाउन माहिर मानेकी इन्दिराको तीज गीतमा विदेशमा रहेकी एक नेपाली चेली जो तीजको दिन माइतिघर नेपाललाई सम्झेर परदेशमा तीज गीतमा रमाउने गर्छिन्।

यस्तै प्रसंग रहेको तीज गीतमा राजु सिंहको सङ्गीत, भरत बमजन र ईश्वर थापाको शव्द रहेको छ ।

गीतको भिडियोमा नायिका सुषमा अधिकारी, पवित्रा भण्डारीलगायतका अभिनय रहेको छ। शंभु चालिसेको छायाँकन रहेको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार