काठमाडौं,
श्रावण ३१ ।
चलचित्र ‘स्काउट’ को प्रदर्शनको तयार भएको छ । चलचित्र अब तीजको अवसर परेर भाद्र ८ गतेदेखि प्रदर्शनमा आउने भएको हो । चलचित्रमा गरिमा पन्त, नबराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भद्रगोलको अभियान गरेसँगै चर्चा कमाएकी रक्षाले यसै चलचित्रबाट डेब्यु गरेकी हुन् ।
मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी रहेको यो चलचित्रलाई गोविन्द गौतमले निर्देशन गरेका हुन् ।
‘स्काउट’को कथावस्तुलाई उठान गरेको चलचित्रको बिभीन्न देशहरुमा बिशेस सो समेत भइसकेको छ । चलचित्रको बिशेष सोमा सबैले चलचित्र रुचाएको पराजुलीको भनाई रहेको छ । लामो समय सम्म समेत रिलीजमा आउँन नसकेको चलचित्रले दर्शकबाट भने कस्तो प्रतिक्रिया पाउने हो त्यो भने हेर्न बाँकी छन् ।






