‘लिबाय् धुंका’(समय बितीसक्दा) को मुहुत

काठमाडौं,
श्रावण २९ ।

राजधानीमा एक कार्यक्रमको आयोजनागरि नेपालभाषाको नयाँ चलचित्र ‘लिबाय् धुंका’ (समय बितीसक्दा)को मुहुर्त गरिएको छ । नेपालभाषाको सङ्गीत र चलचित्र क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आएका राजेशमान सिंहको लेखन र निर्देशनमा बनिन् लागेको यो चलचित्रको मुहुर्त गरिएको हो ।

प्रमुख अतिथी सिने पत्रकार र निर्देशक विजयरत्न तुलाधर ‘असंबरे’ले मुहुर्त शटको निर्देशन गरेका थिए भने उक्त मुहुर्त शटमा नारायणदेबी प्रधान, आशाकाजी थकू, मञ्जु श्रेष्ठ, आराध्य लक्ष्मी खडगी, कुमार कार्कीलगायतका कलाकारहरुले अभिनय गरेका थिए ।

चलचित्रको मुहुर्त कार्यक्रममा ‘प्रेमगीत२’का निर्देशक रामशरण पाठकले मुहुर्त शटकालागि क्ल्याप दिएका थिए भने अर्का अतिथी कलाकार र समाजसेवी उत्तम खत्रीले क्यामेराको स्वीच अन गरेका थिए । कलाकार सुरज श्रेष्ठ बकंफुस्लुले मुहुर्तमा नरिवल फोडेर शुभ साइत निम्त्याएका थिए ।

चलचित्रका अन्य कलाकारहरुमा आर एल महर्जन, भिमसेन रिसाल, देवकुमारी खडगी, सुरज श्रेष्ठ बकंफुस्लुलगायतकाको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा सुमन कपाली र बीरेनकुमार शाक्यको सङ्गीत, सुरज श्रेष्ठको फाइट डाइरेक्शन, आराध्यलक्ष्मी खडगीको डान्स डाइरेक्शन, शंकर महर्जनको सिनेमाटोग्राफी अनि निर्माण नियन्त्रणमा सुरज श्रेष्ठ बकंफुस्लु रहेका छन् । यसका निर्माता प्रतिभा राणा हुन् ।

सोही कार्यक्रममा अडियो भिडियो स्टेशन प्रालिको प्रस्तुतिका रुपमा काष्ठमण्डप मण्डप टेलिभिजन र डिसहोममा प्रसारण हुँदै आएको नेपालभाषायको साङ्गीतिक कार्यक्रम ‘म्युजिक म्याजिक’को ५० भाग पुरा भएको खुशीयालीमा प्रमुख अतिथी सिने पत्रकार विजयरत्न असंबरेले ‘म्युजिक म्याजिक’का विज्ञापनदाता, प्राविधिक, प्रस्तोता, निर्देशक लगायतलाई टोकन अफ लभ प्रदान गरेका थिए । अडियो भिडियो स्टेशन प्रालिका प्रबन्ध निर्देशक र ‘म्युजिक म्याजिक’का निर्माता निर्देशक र ‘लिबाय् धुंका’ चलचित्रका लेखक र निर्देशक राजेशमान सिंहको सभापतित्वमा भएको सो कार्यक्रममा विशेष अतिथीहरु काष्ठमण्डप टिभिका नबीन जोशी, प्रेमगीत २ चलचित्रका निर्देशक रामशरण पाठकलगायतले ‘लिबाय् धुंका’ र ‘म्युजिक म्याजिक’ लाई शुभ कामना दिएका थिए भने आराध्यलक्ष्मी खडगीले स्वागत मन्तव्य दिएको यस कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरजबीर बज्राचार्यले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार