नेपालको प्रतिनिधित्व गर्दै ध्रुर्व

काठमाडौं,
श्रावण २५ ।

नेपालको प्रतिनिधित्व ध्रुर्व बुढाथोकीले गर्ने भएका छन् । उनले पुरुषहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द इयर २०१७’मा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । एमएएलवाइयु फाउन्डेसनले इन्डोनेशियामा १०देखि १९ अगष्टसम्म आयोजना गर्न लागेको प्रतियोगीता ध्रुर्वले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

प्रतियोगीतामा नेपाल सहित भेनेजोयला, नेदरल्याण्ड, ब्राजिल, मेक्सीको, हंगेरी लगायत २० राष्ट्रका युवाहरुको सहभागीता रहनेछ । ‘मिष्टर नेपाल २०१७’का फष्ट रनरअप बिजेता बुढाथोकी बुधबार प्रतियोगीताका लागि इन्डोनेशिया उड्दै छन् ।
‘नेपाली पहिरन र भेषभुषा र कलासंस्कृती सहित प्रतियोगीतामा सहभागीता जनाउन लागेको छु’, बुढाथोकीले भने । प्रतियोगीताको अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

अवतार इन्टरनेशनलले उनलाई प्रतियोगीतामा पठाउन लागेको हो । ६ फिट हाइट र आकर्षक शरिरका धनी बुढाथोकी फिटनेश मोडल पनि हुन् । म्यान्ली, मस्कुलाइन, मोर्डन, मास्टर्ली र माइन फुल शिर्षकका ५ सवटाइल समेत प्रतियोगीतामा रहेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।

बुढाथोकीको प्रतियोगीतामा सहभागीताले नेपालको युवालाई बिभिन्न अन्तराष्ट्रिय प्रतियोगतिाको ढोका खेल्ने अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज चिल्वालले बताए ।

 

यसमा तपाइको मत

अन्य समाचार