काठमाडौं,
श्रावण २२ ।
मिस टिन वल्र्डको अडिसनको अडिसन सुरु भएको छ । मिस तामाङ र मिसस नेश्नल आयोजना गर्दै आइरहेका एभरेष्ट फेसन होमले यस पटक मिस टिन वल्र्ड गर्ने भएको हो ।
आगामी भाद्र ३१ गते शनिवार राजधानीमा फाइनल कार्यक्रम गरिने यस प्रतियोगिताको साउन २१ गते शनिवार पहिलो अडिसन गरिएको छ । घण्टाघर स्थित जुजुबा लङ एण्ड बार पबमा आयोजित उक्त अडिसनमा डिनी तामाङ, लुइसा गुरुङ, रोमी तामाङ, रितिका लामा, पार्वती तामाङ, रुचि वज्राचार्य, निलम अधिकारी, प्रतिमा राउत, अदिति विडारी, अस्मिता खनाल, विभूती गौतम, सञ्चिता श्रेष्ठ र पूजा सिंहलगायतका सहभागी रहेका थिए ।
अडिसनमा चलचित्र विकास बोर्डका सदस्य तथा अभिनेता उत्तम केसी, र्प्या गायक निर्णय श्रेष्ठ, नायिका तथा मोडल दीपाशा बिसी, कलाकार खगेश रन्जितकार, सञ्चारकर्मी अर्जनबहादुर तामाङ र मीस नेश्नल विजेता श्वेता श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।
दोस्रो अडिसन लगतै विविध विषयमा प्रतिष्पर्धीहरुलाई कक्षा एवम् तालिम सञ्चालन गरिने एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता लामा बताईन ।






