काठमाडौं,
श्रावण २१ ।
तिमी थियौ भन्दै आएका छन् गायक प्रताप लामा । नेपाल आइडल प्रतियोगी रहेका प्रताप लामाले दर्शक माझ नयाँ गीत तिमी थियौ लिएर आएका हुन् । गीत शुक्रबार भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो ।
स्वर, शब्द र सङगीत प्रताप लामाको रहेको गीतको भिडियोमा बिकास लामिछाने र सुनिका बस्नेत फिचरिङमा छन् । सान थापाको निर्देशनमा बनेको भिडियोमा सुप्रिम पराजुलीलको सम्पादन तथा कलर, मिलन शंकरको छायांकन, ओम प्रसाईको ड्रोन र सीमा गुरुङको मेकअप समाबेस छ ।
लामा नेपाल आइडल २०१७ का लागि सहभागी रहेका थिए भने यसअघि उनि नेपाली तारा सिजन ३ का बिजेता समेत हुन् ।
यस्तो छ भिडियोः-






