रेखासँग औंठी चिनो देऊ भन्दै आए आर्यन

 

काठमाडौं,
श्रावण १९ ।

नायिका रेखा थापालाई नायक आर्यन सिग्देलले औंठी चिनो देऊ भन्दैछन् । रेखा र आर्यानको रोमान्स रहेको चलचित्र रुद्रप्रियाको पहिलो गीत औंठी चिनो देऊ सार्वजनिक भएको छ । गीतमा आर्यनले रेखालाई औंठी चिनो मागेका हुन् ।
आगामी २ कात्तिक लक्ष्मीपुजाको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रमा आर्यन र रेखा आठ बर्षपछि एकसाथ देखिन लागेका हुन् ।

राजनराज सिवाकोटीको शब्द, सङगीत तथा स्वर रहेको गीतमा मेलिना राईको समेत अभिनय रहेको छ । गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा रेखा र आर्यनसँगै अर्का कलाकार राजन इशान पनि देखिएका छन् । राजन पनि चलचित्रका मुख्य कलाकार हुन् ।

भिडियोमा रेखा र आर्यनको जोडी राम्रो जमेको छ । रेखा र आर्यनले नृत्यमा मिहेनत गरेका छन् । सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको चलचित्र रुद्रप्रियालाई सरस्वती थापा र रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

 

यस्तो छ गीतः-

यसमा तपाइको मत

अन्य समाचार