‘रातो सारी लर्काउँदै’ आए पाल्पाली गायक अर्जुन र रिता (भिडियोसहित)

शंकर के सी,
श्रावण १८ ।

तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसै मेसोमा पाल्पाका गायक अर्जुन कैशलले आफ्नै श्रीमती रिता कौशलको साथमा ‘रातो सारी लर्काउँदै, जुल्फी फर्काउदै’ बोलको तीज गीत ल्याएका हुन् । यस गीतको भिडियोमा हाँस्य कलाकारहरुको प्रस्तुती पनि देख्न सकिन्छ भने गायकले स्वर विगारेर फरक ढङ्गबाट गाएका छन् ।

आफुहरुले निकै मिहेनतका साथमा यो गीत तयार पारिएको जनाउँदै गीतमा अभिनय गरेका कोहलपुर घर भएका हाँस्य कलाकार प्रकाश कडेल ‘गुलेली कान्छा’ले दर्शक स्रोताको माया पाउनेमा आशा राखे । अर्जुन कौशलकै लय, शव्द र एरेन्जमा तयार पारिएको यस गीतको भिडियोमा केशव सापकोटा ‘भैंसीको कसम’, ‘गुलेली कान्छा’, शिला निरौला ‘विमली’, दिपासा विसी ‘जलपरि’, सन्ध्या बुढा ‘काउली बुढी’ लगायतका कलाकारहरु अटाएका छन् । गीतलाई रेन्बो म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

यस्तो छ गीतको भिडियोः-

यसमा तपाइको मत

अन्य समाचार