काठमाडौं,
श्रावण १५ ।
तीज नजिकिदै जादा तीज सम्बन्धि गीतहरु बजारमा आइरहेका छन् । यस्तैमा गायिका शर्मिला रायमाझीले ‘जिरो फिगर….’ तीज गीत लिएर आएकी छन् । उनलाई नेत्र भण्डारीले स्वरमा साथ दिएका छन् । करण न्यौपानेको लय, शब्द र सङ्गीत रहेको गीतमा आरुसी मगर, महेन्द्र गौतम, एलिना रायमाझीलगायतले कम्मर मर्काएका छन् ।
शिवन पोखरेलको निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने सम्पादन अधिनायक मान शेरचनले गरेका छन् ।
‘हामीले एउटा राम्रो तीज गीत लिएर आएका छौ, मेरा अन्य गीत जस्तै यो तीज गीतलाई पनि स्रोत–दर्शकले मन पराइदिनुहुने छ भन्ने आशावादी छु’, शर्मिलाले भनिन् । गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।
यस्तो छ गीतको भिडियोः–
https://www.youtube.com/watch?v=






