काठमाडौं,
श्रावण १३ ।
पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायिका सारिका घिमेरे यो वर्ष तीज गीतमा पनि बाक्लै देखिएकी छन् । उनले गायिका शिला विष्टको तीज गीत भदौरे झरि पर्यो झम्म झम्ममा कम्मर मर्काएकी हुन् । नारीहरुको महान पर्व मानिने हरितालिका तीज नजिकिँदै गर्दा यो पर्वसँग जोडिएर बाहिर आउने गीत सङ्गीतहरु यतिबेला चर्चामा छन् । तीज पर्वको नाममा विकृति भित्रिने किसिमका गीतहरु बाहिर आउन थालेको भन्दै यसको विरोध पनि सामाजिक सञ्जालमा उत्तिकै चलिरहेको छ । यो बीचमा शिला भने रमेश विजी र अमृत खातीको शब्दमा डेट तीज गीत लिएर दर्शकमाझ आएकी हुन् ।
अमृत खातीकै सङ्गीत रहेको गीतको भिडियोलाई मरुभूमि नारायणले छायाँकन, गोरन चौधरीले निर्देशन, रोशन धितालले सम्पादन गरेका छन् ।
थुप्रै चलचित्रमा अभिनय गरेकी सारिकाले अभिनय गरेका म्युजिक भिडियो यतिवेला प्रत्येक हप्ता एक दुइवटा सार्वजनिक भइरहेका छन् । ‘हो मैले पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छु, शिला जीको यो तीज गीत पनि मौलिक लागेर यसमा अभिनय गरेकी हु’, उनले भनिन् ।
यस्तो छ भिडियोः–






