चलचित्र ‘एकलब्य’को गीत रेकर्डिङ

काठमाडौं,
श्रावण १० ।

चलचित्र ‘एकलब्य’को गीत रेकर्डिङ गरिएको छ । अवि फिल्मस् प्रोडक्शनको पहिलो प्रस्तुती, सोनम थापा, राजन दुलालको निर्माण रहने यो चलचित्रको सोमाबार राजधानीमा गीत रेकर्डिङ गरिएको हो ।

राजेन्द्र बजगाँईको सङ्गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल ‘काफ्ले’ले स्वर दिएका छन् । समसामयिक विषय वस्तुमा आधारित एक्शन, कमेडी चलचित्र ‘एकलब्य’ को छायांकन यही साउन ३० गतेबाट उपत्यकाका विभिन्न स्थानबाट शुरु हुने कुरा प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकीले जानकारी गराएका छन् ।

सोनम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाललगायतका कलाकार रहने यस चलचित्रमा लेखन भोजराज देवकाटा, द्वन्द्व शंकर महर्जन, छायाँकन कृष्ण श्रेष्ठ, निर्देशन अनमोल शर्माको रहने निर्माणपक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार