चार नायिकासँग अन स्क्रिन रोमान्स गर्दै दिनेश

काठमाडौं,
श्रावण ८ ।

नायक दिनेश केसीले चार नायिकासँग अन स्क्रिन रोमान्स गर्ने भएका छन् । दिनेशको शिर्ष भूमिकामा निर्माण हुन गइरहेको चलचित्रमा उनले अन स्क्रिन रोमान्स गर्ने भएका हुन् । चलचित्रलाई बेल्जियम निवासी एक नेपाली नागरिकले निर्माण गर्न लागेका छन् । चलचित्रको काठमााडौं, थाइल्याण्ड, सिंगापुर हुँदै यूरोपका विभिन्न रमणीय देशहरुमा छायाँकन गरिने बताईएको छ । चलचित्रको सुटिङ थाइल्याण्डबाट सुरु हुने बताएका दिनेशले नायिकाको विषयमा मुख खोलेका छन् । उनले भने चलचित्रमा उनिसँग चार नायिकाले रोमान्स गर्ने छिन् भने चलचित्रमा एक लभर ब्वाईको भूमिका नायक दिनेशले निर्वाह गर्दैछन् । उक्त चरित्रको लागि हाल स्क्रिप्ट अध्ययनमा समय दिइरहेको उनको भनाई छ । सस्पेन्स लभस्टोरी विषयवस्तु समेटिने चलचित्रमा दिनेश केसीको केन्द्रिय भूमिका रहने छ ।
२०६७ सालदेखि यो रङ्गीन दुनियामा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए । दोलखा फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा स्वदेशी तथा विदेशी कलाकार रहने जनाइएको छ । करिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका दिनेशले ‘आएमक्रेजि’, ‘दानव’, ‘नेपथ्य’, ‘निशाफ’, ‘झमेला’, ‘लाले’, ‘वादशाह’, ‘खतरनाक’ ‘सिसा’लगायतका चलचित्रमा काम गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार