काठमाडौं,
श्रावण ६ ।
ए दाजु नसमाउ नाडीमा भन्दै छक्का पन्जा २को गीत सार्वजनिक गरिएको छ । दशैंको छेको पारेर फुलपातीको दिन आगामी असोज ११ गतेबाट देशभरका सिनेमा घरमा आउने तयारी गरेको चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको हो । टिजर सार्वजनिक भएको केही दिनपछि यो गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ । प्रिन्स र अल्मोडाको सङ्गीत रहेको गीतमा प्रिन्स र दीपकराज गिरीको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङलगायतका कलाकारको मुख्य भूमिका छ ।
कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, दीर्घ गुरुङको छायांकन रहेको यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
गीत रिलिज कार्यक्रममा पूर्व घोषित वचनलाई पूरा गर्दै निर्माण कम्पनी आमा सरस्वती फिल्मस् ले ‘छक्का पन्जा’बाट कमाएको पैसाबाट काभ्रेका स्थानीयका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
यस्तो छ गीतको भिडियोः–






