तिम्रै लाग्छ पिर… भन्दै सुसन

 

काठमाडौं,
श्रावण ५ ।

गायक सुसन साम्सोहाङ लिम्बुले ‘तिम्रै लाग्छ पिर…’ भन्दै छन् । ‘सोल्टिनी…’ गीत गाएर लोकप्रिय भएका उनले आफ्नो जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक म्युकजिक भिडियोमा ‘तिम्रै लाग्छ पिर…’ भनेका हुन् ।

‘तिम्रै लाग्छ पिर…’मा हरि लम्सालको सङ्गीत निर्देशन छ । गीतका सङ्गीत संयोजक पनि हरि लम्साल नै हुन् । गीतका शब्दहरु नरेश भट्टराईले रचना गरेका हुन् । अर्जुन तिवारीद्वारा छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

लिम्बु भाषाका गीतमा समेत स्थापित भइसकेका गायक लिम्बुको ‘तिम्रै लाग्छ पिर…’ गीतको म्युजिक भिडियोलाई डिआइडी फेम कोरियोग्राफर सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । सुनिलद्वारा निर्देशित यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा सुनिल आफैँले अभिनेत्री माला लिम्बुसँग आकर्षक नृत्य तथा अभिनय गरेका छन् । भिडियोमा सुनिलकै नेतृत्वको नेपाली ठिटोजलाई पनि फिचरिङ गरिएको छ ।

यस्तो छ भिडियोः-

यसमा तपाइको मत

अन्य समाचार