काठमाडौं,
श्रावण ३ ।
गीतकार राम रेप्चुङ राईको राष्ट्रिय भावको गीत ‘तिम्ले टेक्ने धरती एउटै मैले टेके जस्तै, मैले ओड्ने आकाश एउटै तिम्ले ओडे जस्तै… सार्वजनिक भएको छ । रामको चौथो एल्बम “सम्बन्ध”को यो गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो । फरक शैलीको यो गीतमा मेलिना राईको स्वर रहेको छ । विनोद खुम्बुको सङ्गीत रहेको गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् ।
विरक्छ्या आङ्वोलाई फिचरिङ् गरिएको गीतको भिडियोलाई विक्रम डीसीले छायाँकन गरेका छन् । गोविन्द प्रभातले निर्देशन गरेको भिडियोको सम्पादन राजेन्द्र पाण्डेले गरेका हुन् ।
‘मेरा अन्य गीत भन्दा यो फरक शैलीको गीत हो । हामी नेपालको जुनसुकै ठाउँमा भए पनि, हाम्रो भेष–भुषा, रहन–सहन, रितिरिवाज, भाषा फरक भए पनि छातीमा देशलाई राख्नु पर्छ भन्ने सन्देश रहेको गीत हो यो’, रामले भने ।
रामले लेखेका गीतका भिडियोहरु हरेक हप्ता जस्तो सार्वजनिक भइरहेका छन् । आफ्ना अन्य गीतले जस्तै यस गीतले पनि दर्शक–स्रोताको माया पाउनेमा आफू विश्वस्त रहेको राम बताउँछन् ।
यस्तो छ गीतको भिडियो:-






