काठमाडौं,
श्रावण ३ ।
देश बाहिर बसेर पनि निरन्तर नेपाली गीत–सङ्गीतमा आफूलाई तल्लिन राखिरहने नाम हो डीआर अटु । उनकै सङ्गीतमा तयार भएको गीत ‘भुल्न खोजेँ….’ सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गीतमा उत्तम खजुमको शब्द रचनामा प्रमोद खरेलको स्वर र देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।
जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा नायिका शिल्पा पोख्रेल र जीवनराज खत्रीले अभियन गरेका छन् भने उत्सव दाहालको छायांकन रहेको छ ।
घाम छाया जस्तो, तारेभिरको बीचमा छाड्यौ, हिडिजाने बटुवाको, साइला, काडाले घोच्ला, गयौ तिमी जस्ता दर्जनौ गीतमा सङ्गीत भरेका डीआरको परिचय भनेको सङ्गीतकार मात्रै नभएर गीतकार
पनि हो ।
‘एउटा राम्रो गीत बनेको छ ‘भुल्न खोजेँ….’, गीतको भिडियो पनि त्यतिकै शसक्त छ, यसले स्रोता–दर्शकको माया पाउनेमा आशावादी छौ’, डीआरले भने ।






