चितवन,
श्रावण १ ।
चितवनमा चलचित्र संरक्षणको रेड कार्पेट प्रिमियर शो हुने भएको छ । साउन २७ मा रिलिज हुने यो चलचित्रलाई लक्की मिडिया हाउसले साउन २५ गते, बुधबार क्यूएफएक्स हल नारायणघाटमा हुने भएको हो ।
राजनीतिक कथावस्तुलाई आधार बनाएर बनाइएको नेपाली कथानक चलचित्र ‘संरक्षण’ अहिलेको नेपालको राजनीतिक परिवेशसँग मेल खाने हुनाले पनि चलचित्रको सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुमा चर्चा भइरहेको छ ।
पुर्णेन्दु झाको निर्देशनमा रहेको चलचित्रमा निखिल र सौगात सँगै मलिना जोशी, अशिष्मा नकर्मी, रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, नन्दु श्रीवास्तव र राज कटुवाललगायतको अभिनय रहने छ । चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ । रमेश रञ्जन र पुर्णेन्दु झाको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको सङ्गीत रहेको छ ।






