बालाजु उद्यानमा भानु जयन्ती

काठमाडौं,
आषाढ २९ ।
आज भानु जयन्ती विभिन्न कार्यक्रमका बीच यो जयन्ती मनाइँदै छ । यस्तैमा काठमाडौं महानगरपालिका बालाजु उद्यान बाइसधाराले २०३औँ भानु जयन्त मनाएको छ । बालाजु पार्कमा रहेको भानुभक्त प्रतिमामा माल्र्यापण गर्दै प्रमुख अतिथि त्रिशूली बाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले काव्य लेखनको पहिलो कवि भनेर सम्झना गरे । यसैगरी विशेष अतिथि तारकेश्वर कला प्रतिष्ठान बालाजुका अध्यक्ष एवम् वरिष्ठ अभिनेता उत्तम केसीले भानुले अनुवाद गरेको रामायण सबैले बुझ्न सकेको बताए ।
अन्य अतिथिहरु राप्रपा जिल्ला सदस्य सुवर्ण राजभण्डारी, नेपाली काँग्रेस इकाई कमिटी १६ नम्बर वडाका का अध्यक्ष देवेन्द्र पाठक, तार्केश्वर नपा ११ का सदस्य प्रज्जवल थापा, महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक रामप्रसाद गौतमलगायतले माल्यर्पणसहित आ–आफ्नो मन्तव्य राखेका थिए ।
उद्यान प्रमुख दामोदर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निहारिका बोर्डिङ स्कुलका विद्यार्थीहरु स्मृति थापा, टिसा मानन्धर, निश्चल विन्दुकार, प्रमुख अतिथि फुयाँललगायतले भानुभक्तलाई सम्झँदै कविता वाचन गरे । उद्यानका कर्मचारी प्रतिमा श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

‘नाम केही रहोस् पछि भनी’ घाँसीबाट प्रेरणा लिएका आदिकवि भानुभक्तले आज २ शताब्दीपछि पनि उनको नाम स्मरण गर्दै आएको छ, नेपाली समाजले ।

भानुभक्तलाई सम्झनमा काठमाडौंमा मात्र होइन, देशभर र विदेशमा समेत विभिन्न कार्यक्रम गरेर मनाइन्छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन्, भानुभक्त जसले वाल्मीकि रामायणलाई अनुवाद गरेका थिए । भानुभक्तका प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा कृतिहरु चर्चित छन् । उनको जन्म तनहुँको रम्घामा भएको थियो, आजभन्दा २ सय ३ बर्षअघि ।

 

यसमा तपाइको मत

अन्य समाचार