ब्यर्थै झर्यौ भन्दिन म भन्दै राम (भिडियो सहित)

काठमाडौं,
आषाढ २८ ।
गीतकार राम रेप्चुङ राईको ‘मेरै मनमा फूलेको थ्यौ ब्यर्थै झर्यौ भन्दिन म….’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
पूनम लिम्बू सम्बाहाम्फेको स्वरमा रहेको यो गीतमा चन्दु गोर्खालीको सङ्गीत–एरेन्ज रहेको छ । चन्दुले नै निर्देशनमा तयार भएको गीतको भिडियोमा सम्पदा, जयदत्त र नमुनालाई फिचरिङ गरिएको छ । मेघराज मगरातीले छायाँकन गरेको भिडियोलाई सम्पादन पनि उनले नै गरेका छन् ।
थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन मष्तिकमा आफ्नो स्थान बनाउन सफल रामले यो गीतले पनि आफ्ना अन्य गीतले जस्तो चर्चा पाउनेमा आशावादी रहेको बताए ।

‘सबैको मिहिनेतले एउटा राम्रो गीत तयार भएको छ, यसको भिडियो पनि निक्कै राम्रो बनेको छ, रमणीय दृष्यहरु भिडियोमा कैद हुनुका साथै भिडियोमा कलाकारहरुले पनि त्यतिकै राम्रो अभिनय गर्नु भएको छ, एउटा राम्रो गीत हामीले दर्शक–स्रोतामाझ ल्याएका छौ,’ रामले भने ।

https://www.youtube.com/watch?v=H86cKfItGuo&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार