काठमाडौं,
आषाढ २० ।
नेपालमा द्वन्द्व निर्देशकको रुपमा स्थापित चन्द्र पन्त आफ्नो निर्देशन यात्रा भोजपुरी फिल्म बाट आरम्भ गरेका छन् । ३ करोड भारतिय रुपैयामा निर्माण हुने चलचित्र निरहुवा चलल लण्डनको एक गीतको यतिबेला नेपालका बिभिन्न स्थानमा छायांकन भइरहेको छ । जोमसोम, कागबेनी तथा पोखरा एयरपोर्टमा ७ दिन लगाएर एक गीतको छायांकन गरिएको छ ।
एउटा गीतको मात्र छायांकनको लागि २० लाख खर्च भएको निर्देशक चन्द्र पन्तले जानकारी दिए । जव कि अहिले बनिरहेका भोजपुरी गीतहरु २ लाख निर्माण हुने गरेको उनको भनाइ छ । ‘यो चलचित्रले भोजपुरी फिल्मको इतिहासलाइ नै परिवर्तन गर्छ’ चन्द्रले भने ।
४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने यो चलचित्र मा भोजपुरि फिल्मका सुपरस्टार दिनेशलाल यादव तथा हिट नायीका आम्रपालि दुवेले अभिनय गरीरहेका छन् । नायक दिनेशलाल यादव यस्ता नायक हुन् जसले अमिताभ बच्चन देखि सलमान खानसँगै काम गरेका छन् ।






