काठमाडौं,
आषाढ १८ ।
चलचित्र विराङ्गाना बन्ने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र विराङ्गाना निर्माण गर्न लागिएको जानकारी दिइएको हो । फोर्थ आई मुभिजले निर्माण गर्न लागेको यो चलचित्रको पूर्व उपप्रधान मन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझिको प्रमूख अतिथ्यतामा शुभ मूर्हत गरिएको छ ।
नेपालको सीमा क्षेत्रमा हुने अवैधानीक गतिविधी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्ति सरक्षाको प्रत्याभूति गर्न गराउन नेपाली नारीहरुले देखाउने विरताको विषयमा चलचित्र निर्माण हुन लागेको उक्त अवसरमा जानकारी गराइएको छ । विराङ्गानाको मूख्य पात्रमा नायिका शिल्पा पोखरेल देखिने भएकी छन् । उनलाई चलचिमा शसस्त्र प्रहरीको भुमिकामा देख्न सकिने निर्माण पक्षले बताएको छ ।
शिल्पासँगै चलचित्रमा अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धिरेन शाक्य, सुनिलदत्त पाण्डे, शुशिल पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झा लगायतको अभिनय रहने छ ।
चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहनेछन् भने देव तामाङ, सुमी चाम्लिङ राईले सहयोग गर्नेछन् । राज बहादुर सानेले निर्देशन गर्ने चलचित्रलाई हरि घले लामाले खिच्नेछन् । दीपक शर्मा र पुरुषेत्तम न्यापानेको सङ्गीत, श्री श्रेष्ठको एक्शन, कबिराज गहतराजको कोरियोग्राफि रहने यो चलचित्रका कार्यकारी निर्माता किशोर झा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी रायमाझिले नेपालीहरुको विरता आफूले नजिकबाट नियालेको भन्दै विराङ्गाना साँचिकै राम्रो चलचित्र बनोस् भनि शुभ कामना व्यक्त गरे ।






