नयाँ लिएर आउँदै शशि शेखर

काठमाडौं,
आषाढ १७ ।
दिल दिने कुरा…, क्या राम्रो नेपाल…., माया तिम्रो त्यो…., हातैमा घडी….,लगायतका गीतबाट स्रोता-दर्शकको मन मष्तिकमा राज गर्ने कोशिष गरिरहेका गायक शशि शेखर बुढाथोकीले अहिलेसम्म आउँदा थुपै गीत गाएका छन् । १२–१३ वर्षको उमेरदेखि नै गायन क्षेत्रमा होमिएका काभ्रे बनेपा नगरपाललिका–१३का शशि स्टेज प्रर्फमेन्स गर्न माहिर मान्निछन् । उनले विगत पाँच वर्ष देखि यसक्षेत्रलाई व्यवसायिकरुपमा अङ्गालदै आएका छन् ।
बुबा हरिकृष्ण बुढाथोकी र माता विष्णुदेवी बुढाथोकीको कोखबाट जन्मिएका शशिले ब्याचलरसम्मको अध्ययन गरेका छन् । आफूलाई भस्ट्रायल गायक भन्न रुचाउने उनले लोकपप, आधुनिक, लोक र राष्ट्रिय गाएका छन् । गीतको भिडियोमा पनि आफैँ मोडलिङ्मा देखिने शेखरले आफ्नै शब्द र सङ्गीतमा पनि केही गीत गाएका छन् ।

यसै क्षेत्रमा आफूलाई स्थापित गर्न तल्लिन उनले यस क्षेत्रलाई कति समृद्ध बनाउने हुन त्यो त उनका आउँदा दिनहरुले नै बताउँने छ । ‘सम्पूर्ण तयारी भइसकेको छ छिट्टै नै नयाँ गीत लिएर दर्शक÷स्रोतामा आउँदैछु’, शशिले भने ।

यसमा तपाइको मत

अन्य समाचार