काठमाडौं,
आषाढ १५
लक्ष्मी योङहाङको सानै छँदा सार्वजनिक भएको छ । गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो । कुशल नृत्याङ्गना तथा मोडल लक्ष्मी योङहाङ पछिल्लो समयमा गायिकाको रुपमा आफ्नो परिचय बनाउँदै छन् । विभिन्न कार्यक्रममा नृत्याङ्गनाका रुपमा प्रस्तुत हुँदै दर्शकको नजरमा पर्न सफल लक्ष्मी अब स्रोताको मनमा बस्ने क्रममा छिन गीत मार्फत ।
सार्वजनिक गीतको भिडियोमा गायिका आफैँले अभिनय गरेकी छन् । साथै, भिडियोमा लक्ष्मीसँग सैलेन्द्र थेबे, दीपक र बालकलाकारद्वय इलिपाज र जिसनले पनि अभिनय गरेका छन् । ‘सानै छँदा…’ भन्दा पहिले लक्ष्मीले आधा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।






