काठमाडौं,
आषाढ १२ ।
एल्बम मलाई माया गर सार्वजनिक भएको छ । गायक शुभ तामाङको दोस्रो एल्बम ‘मलाई माया गर’ राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । एल्बमलाई गीतकार डा. भोला रिजालले सार्वजनिक गरेका हुन् । एल्बम सार्वजनिक समारोहमा डा. रिजालले शुभका गीत दर्शकका लागि कर्णप्रिय हुने बताए ।
एल्बममा ८ वटा गीत छन् । जसमा ७ गीतमा उनकै सङ्गीत र एक गीतमा राजनराज शिवाकोटीको सङ्गीत छ । गीतमा डा. भोला रिजाल र दीपेन्द्र तामाङको शब्द छ ।
२०५५ सालदेखि सङ्गीतमा सक्रिय शुभले ललितकला क्याम्पसबाट सङ्गीतमा बीम्युज गरेका छन् । शुभले २०६० सालमा ‘शुभ’ नामक पहिलो एल्बम स्रोतामाझ ल्याएका थिए ।
‘मलाई सङ्गीत क्षेत्रमा आउने सानैदेखिको सपना थियो । त्यो सपनालाई आज विपनामा परिणत गर्न पाउँदा खुशी लागेको छ,’शुभले भने । एल्बमलाई एशियन म्युजिकले बजार व्यवस्थापन गरेको छ ।






