एलिशाको ‘मायामा रियाक्सन……’

काठमाडौं,
आषाढ ५ ।
ठमेल बजार गीत चर्चित भएसँगै एलिशा राईको चर्चा पनि बढेको छ । ठमेल बजार गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्यो सँगै एलिशाको व्यस्तता पनि बढेको छ । उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढिरहेको छ । एलिशाको अभिनय रहेको अर्को गीत ‘मायामा रियाक्सन’ बोलको भिडियो सार्वजनिक भएको छ । यस गीतमा महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको छ भने शब्द–संगीत भिम बिसीको रहेको छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् । यस भिडियोमा एलिशा राईसँगै जेम्स बिसीको पनि अभिनय रहेको छ । भिडियोमा मायामा हुने समन्धलाई देख्नु खोजिएको यसका निर्देश केसीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार