अनुष्काले चुमिन मिस सी चितवनको उपाधि

 

चितवन,
जेठ २९ ।
मिस सी चितवनको उपाधि अनुष्का रानाभाटले चुमेकी छन् । पहिलो पल्ट भएको मिस सी प्रतियोगितामा उनले यो उपाधि चुमेकी हुन् ।
अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् ।
यस्तै पहिलो रनरअप भुमिका आचार्य घोषित हुँदा दोस्रो रनरअप सुजना ढकाल बनेकी छन् भने तेस्रो रनरअप श्वेता अर्याल र चौथो रनरअप करिना श्रेष्ठ बनेकी छन् ।
मिस सी चितवनुको लागी बर्ष २०७३ मा सी (एसएलसी) परिक्षा दिएका ३ सय बढि छात्राहरुले सहभागीता जनाएका थिए । लिभ एण्ड लिड ईन्टरनेशनलले आयोजना गरेको यो प्रतियोगिताको अन्तिम स्पर्धामा अभिनेता क्याप्टेन विजय लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने अन्य विभिन्न संघ संस्थाका लब्धप्रतिष्ठित व्याक्तिहरुको पनि सहभागिता थियो ।

प्रतियोगितामाआयोजक संस्थाका प्रमुख नविन यादवले सेकेण्डरी लेभल पार गर्दै गरेका किशोरीहरु भित्र लुकेको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने सँगसँगै शैक्षिक गतिविधीसँग जोडिएका अन्य विधामा पनि ज्ञान प्रदान गर्ने उद्देश्य लिएर यो प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । उनले आफ्नो संस्थाको तर्फबाट ‘शिक्षाको लागी सँगै’ नामको शैक्षिक अभियान पनि सञ्चालक गर्दै आएको भन्दै उक्त अभियान अन्तर्गत ९ जिल्लाका भुकम्प पीडीत १५३ जना छात्र छात्रालाई प्राईमेरी देखि उच्च कक्षासम्मको पढाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको समेत बताए ।

आयोजक संस्थाले यो प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तता दिने बताएको छ । भने यो बीचमा छिट्टै नै संसारमै पहिलो पटक दृष्टिबिहिनहरुलाई लक्षित गरेर ‘क्विज ब्याटल’ सञ्चालन गर्न लागेको बताएको छ । छिट्टै नै सुरु हुने उक्त कार्यक्रम ईमेज टिभीमा प्रशारण हुनेछ भने अभिनेता लामाले कार्यक्रमको ‘होस्ट’ गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार