काठमाडौं,
ज्येष्ठ २९ ।
भारतीय गायक कुमार सानु काठमाडौंमा गुञ्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना हुने कुमार सानु लाइभ इन कन्सर्ट उनी बिभिन्न चर्चित गीत सहित राजधानीबासी दर्शक माझ गुञ्जने भएका हुन् ।
मुन्टेज इन्टरनेशनलको आयोजनामा होटल याक एण्ड यतिमा हुने कार्यक्रममा गायक सानुले आफ्नो ब्याण्डका साथ लाइभ गीत सङ्गीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा गायक सानुले आफ्ना हिट हिन्दी तथा केही नेपाली गीतहरु सुनाउने आयोजक मुन्टेज इन्टरनेशनलले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गरायो ।
कार्यक्रम नेपालका गायक गायिका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना र स्मिता घिमिरेले पनि आफ्ना मधुर गीतहरु सुनाउने छन्, भने अभिनेत्री निशा अधिकारी, हाँस्य कलाकार जितु नेपालको पनिसाथ रहने छ ।
सानुले नेपाली गीतहरुमा ‘म त अब रिसाउँछु, फुल भए जीन्दगी, साँची राखुँ जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुइ थोपा आँसु, जतिसम्म जीवन, भरे आउँछु सपनीमा जस्ता सयौं गीत गाएका छन् । कन्सर्ट श्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना गरिन लागिएको हो ।






