आयो प्रेमगीत २को विस्तारै विस्तारै

काठमाडौं,
ज्येष्ठ २६ ।
चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’ अर्को उत्कृष्ट गीत सार्वजनिक गरिएको छ । बर्ष २०७४ को प्रतीक्षित सुचिमा रहेको यो चलचित्रको रोमान्टिक ड्रामा रहेको ‘बिस्तारै बिस्तारै’ गति सार्वजनिक गरिएको हो ।

रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द रहेको गीत प्रदीप खड्का र अश्लेषा ठकुरी माथी फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य, ल्यान्डस्केप निकै आकर्षक तवरले देखाइएको छ ।

प्रदीप र अश्लेषको अभिनयले गीत सिगार्ने काम गरेको छ । गीत जो कोही दर्शकको जनजिब्रोमा झुन्डिने खालको रहेको छ ।

आगामी साउन १३देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको यो चलचित्र रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता रहेको चलचित्र आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको हो । ‘यो गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास लिएकोक छु’, निर्माता सेनले भने । चलचित्रमा नेपाली युवक र बर्मेली युवतीबीचको प्रेमलाई प्रस्तुत गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

https://www.youtube.com/watch?v=ylf6Tx7sI8I

यसमा तपाइको मत

अन्य समाचार