बुटवल कि बीना सापकोटाले चुमिन मिस एसइइ ग्लोबल २०१७ को उपाधि

काठमाडौं,
ज्येष्ठ २४ ।
राजधानीमा प्लान बि इंक कर्पोरेशनले आयोजनामा गरेको मिस एसइइ ग्लोबल २०१७ को उपाधि बुटवल कि बीना सापकोटाले चुमेकी छिन । देशभरिबाट २०७३ सालको एसइइ दिएका प्रतिश्प्रधि बीचको ब्युटी तथा ट्यालेण्ट माइण्डको प्रतिश्प्रधामा रुद्रपुर्र स्थायी घर भएकी बीनाले ताज पहिरिएकी हुन्। यसबर्षको एसइइ परिक्षा कालिका मा बि बाट दिएकि उनले समग्र बुटवलको प्रतिनिधित्व गरेर गएकी थिइन् ।

प्रतियोगितामा फस्टरनरअप तानिया अधिकारि र सेकेण्ड रनरअप शित्तल परियार भएकी थिइन् । मिस एसइइ ग्लोबल २०१७ कि बिजेता बीना सापकोटाले कलेज अध्ययनका लागि स्कलरशिपसँगै ३ रात ४ दिनको थाइल्याण्ड टुर तथा २ रात १ दिनको पोखरा टुर प्याकेज लगायतका थुप्रै पुरष्कार पाएकी छिन । प्रतियोगिताको पहिलो ७७ जनाबाट भोटिङ्गको आधारमा २८ जना छानी त्यसबाट १५ जना छानिएको थियो । त्यस्तै भोटिङ्गबाट आएका २८ जनालाई जजको आधारमा टप ५ सेलेक्टपछि बिजेता छानिएको आयोजक प्लान बि इंक कर्पोरेशनका अमितकुमार पुरीले बताए ।

हाल एसइइको रिजल्टको पर्खाइमा रहेकी बीनाले मोडलिङको क्षेत्रमा केहिगर्ने आशा पलाएको र समाजमा यसलाई हेर्ने दृस्टीकोण हटाएर अघि बढ्ने उनको इछ्या छ । सानै उमेरदेखि नै यो क्षेत्रमा लाग्ने रहर अबभने शुरु भइसकेको छ मिस एसइइ ग्लोबल २०१७ कि बिजेता बीनाले आफ्नो करियर पढाइसँगै मोडलिङलाइ पनि निरन्तर लैजाने बताएकी छिन ।

-मोहन न्यौपाने

यसमा तपाइको मत

अन्य समाचार