हेटौडा,
ज्येष्ठ २२ ।
जात्रा इन्टरटेन्मेन्ट र मिशन युथ नेपालको संयुक्त आयोजनामा हेटौँडामा यही जेठ २७ गते ‘थियटर अफ स्पिकर’ नामक कार्यक्रम हुँने भएको छ । शनिबार हेटौँडामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम व्यवस्थापक विशाल घोषले यस कार्यक्रममा आफ्नो कामले परिचित व्यक्तित्वहरु प्रेरणादायी जिवनलाई नजिकबाट नियाल्न सकिने बताए ।
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुन, नेपाललाई विभिन्न पेशाबाट विश्वभर चिनाउन सफल कमाण्डर विजय लामा, अखिल नेपाल फुटबल सङ्घका डेभलपमेन्ट डाइरेक्टर संजिव मिश्रको जिवन दर्शनसँग साक्षात्कार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको घोषले बताए ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जानकी पोखरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । हेटौंडामा थियटर अफ स्पिकर नामक कार्यक्रमको दोस्रो संस्करण गर्न लागिएको र यसले गर्दा हेटौडाबासीले भरपुर फाईदा लिन सक्ने कुरा पनि उक्त पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कार्यक्रम आकर्षणहरुमाः–
● नारी सिप श्रृजना केन्द्रको तर्फवाट एउटा महिला सशक्तिकरण र अहिले महिलाको आवश्यक्ता बिषयक एक नाटक प्रस्तुत हुने ।
● इपिएम कोयर को तर्फवाट नेपाल को राष्ट्रगान लाई एउटा फरक ढङ्गबाट प्रस्तुत गरिने ।
● नेपाल आइडलका एक प्रतिस्पर्धि सबिन श्रेष्ठको एकल सांगितीक प्रस्तुती रहने ।
सोहि दिन उक्त कार्यक्रमवाट नै राष्ट्रिय आविस्कार केन्द्रलाई एउटा अभियानका रुपमा मकवानपुर जिल्लामा अगाडि बढाउने अविभारा जात्रा र मिशन युथ नेपालले लिनेछ ।






