‘लालटिन’ले गर्यो बृद्धबृद्धालाई सहयोग

काठमाडौं,
ज्येष्ठ २१ ।
आगामी शुक्रबार २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘लालटिन’ले बृद्धबृद्धालाई सहयोग गरेको छ ।
समाजसेवाको उद्देश्यले चलचित्र टिमले शनिबार पशुपति, सङ्कटालगायतका क्षेत्रमा रहेका बृद्ध, असायलाई कपडा वितरण गरेको हो ।
निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी र कलाकारहरु निर्जन थापा, राज कटुवालका साथै गायक बिनोद ढकाललगायत टिमले बिभिन्न स्थानमा पुगेर लताकपडा बाँडेको हुन् ।


‘देखाउन भन्दा पनि आफुले सक्दो पिडितलाई सेवा गरौ भनेर लताकपडा बाडेको हो’ निर्माता मध्येका एक भानुप्रतावले भने ।
देवकुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार