गीतकार सङ्घको गुरुङप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं,
ज्येष्ठ १९ ।
गीतकार सङ्घ नेपालले गीतकार कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जली दिएको छ । नेपाली सेनाका महासेनानी एवम् पाइलट कैलाश गुरुङको जेठ १६ गते बाजुराको कोल्टी विमानस्थल नजिकै भएको जहाज दुर्घटनामा परि निधन भएको थियो । गीतकार, साहित्यकारको छवि बनाएका गुरुङलाई नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको हो ।
गीतका सङ्घका सचीव बसन्त बित्यासी थापाको नेतृत्वमा गीतकार अन्तिम श्रद्धाञ्जलीमा सहभागी भएका थिए । सङ्घका उपाध्यक्ष भरत बम्जन कार्यसमितिका सदस्य बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृत सुनार देबकोटा, आजिवन सदस्य आशिष अविरल ‘शैली’ जगतमर्दन थापालगायत थुप्रै स्रष्टा सर्जकको उपस्थिति रहेको थियो ।


त्यसैगरी सङ्गीतकार सङ्घ नेपालले पनि गुरुङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । सङ्गीतकार सङ्घले गीतकार गुरुङले नै लेखेको शब्दमा साङ्गीतिक श्रद्धाञ्जली अर्पण गरेको थियो । सङ्घका अध्यक्ष लक्ष्मण शेषको नेतृत्वमा सङ्घका महासचिव महेश खड्का, कोषाध्यक्ष हरि लम्साललगायतका सङ्घका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली सभामा गीतसङ्गीतका स्रष्टा सर्जकदेखि विभिन्न ओहोदाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार