ए मेरो हजुर २ को किन्देउ न साईँला दाई

काठमाडौं,
ज्येष्ठ १७ ।
आगामी भदौ १६ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘ए मेरो हजुर २’ को ‘किन्देउ न साईँला दाई’ गीत सार्वजनिक गरिएको छ ।  नायिका झरना थापाले निर्देशकमा डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर २’ को यो गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
साम्राज्ञी शाह र सलिनमान बानियाको मुख्य भुमिकामा रहेको चलचित्र ए मेरो हजुर २को यो गीतमा बसन्त सापकोटाको शब्द तथा सङ्गीत रहेको छ । साधना सरगमको आवाज रहेको गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
‘ए मेरो हजुर–२ को यस अघि ‘कसम हो कसम…’ सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार