काठमाडौं,
ज्येष्ठ १५ ।
आगामी साउन १३ गते देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘प्रेम गीत २’को अडियो जुकेबक्स सार्वजनिक गरिएको छ । कहानी यो प्रेम गीतको र मोटरसाईकलमा बोलको गीतको भिडियोपछि चलचित्रमा समावेश सबै गीतको अडियो सार्वजनिक गरिएको हो । जुकेबक्स भित्र ४ गीतहरु समावेश रहेको छ । कहानी यो प्रेम गीतको र मोटरसाईकलमा यी दुवैगीतले सार्वजनिक भएसँगै राम्रै चर्चा बटुलिरहेका छन् । यस्तै सार्वजनिक अडियो जुकेबक्सले पनि दर्शकहरुको मन जित्ने विश्वास निर्माण पक्षेले राखेको छ । निर्माण पक्षेको अनुसार अब चलचित्रको ट्रेलर छिट्टै नै सार्वजनिक हुनेछ ।
चलचित्र सिनेमाघरमा आउँने मिति जति जति नजिकिदै छ निर्माण पक्षेले आफ्नो प्रचार प्रसार बिस्तारै बढाउदै लगिरहेको छ । केही समय पहिला मात्रै मोफसलमा नेपालगञ्ज, बुटवल, नारायणघाट, बिर्तामोड, धनगडी, सिक्किम, टिकापुर, हेटौडा, पोखरा, चितवन, दमक, धरान र इटहरीमा प्रोमोसनको कामहरु सकेर निर्माण युनिट काठमाडौं फर्केको छ । ‘मोफसलको दर्शकहरुमा प्रेम गीत–२लाई लिएर निक्कै कौतुहल्ता छ, उहाँहरु सबैले यो चलचित्रलाई पर्खिरहनु भएको छ’, निर्माता सन्तोष सेनले भने ।
चलचित्रको प्रोमोसनको लागि निर्माण पक्षेले नयाँ नयाँ कुराको प्रयोग गरिरहेको देखिन्छ । केहि समय अगाडी मात्र निर्माण पक्षेले ‘प्रेमगीत २’ कभर सङ्ग विश्वव्यापी प्रतियोगिताको समेत घोषणा गरिसकेको छ जसले गर्दा पनि अधिकांश दर्शकहरु चलचित्र प्रति आकर्षित भएका छन् ।
आशुसेन प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र सङ्घर्ष चित्रण गरिएको चलचित्रमा प्रदीप खड्का, असलेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाईलगायतका कलाकारहरुको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, रेनेशा बान्तवा राईको नृत्य निर्देशन, अष्ट महर्जनको द्वन्द र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ चलचित्रमा ।
https://www.youtube.com/watch?v=9mXMZPm-8yU






