भीमको भिडियोमा प्रियंका र निराजनको रोमान्स

काठमाडौं,
ज्येष्ठ १३ ।
मधुर सङ्गीतका लोकप्रिय गायक भीम लिम्बु आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’ को शीर्षक गीत ‘हातै काटेर…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । रोमान्टिक शैलीको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री प्रियंका कार्कीले अभिनेता निराजन प्रधानसँग अनस्क्रिन रोमान्स गरेकी छिन् ।

हरि लम्सालद्वारा सङ्गीतबद्ध यो गीतमा सञ्जिव थापाका शब्द सुन्न सकिन्छ । सङ्गीतकार लम्सालले नै यो गीतको सङ्गीत संयोजन गरेका हुन् । धुलिखेलको मिराबल रिसोर्टका आकर्षक लोकेशनमा छायाँकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराउन थालेका छन् भने गायक लिम्बुको स्वरले पनि प्रशंसा पाउन थालेको छ । भिडियोमा प्रेमि–प्रेमिकाको रुपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेमिल भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन् । हरि हुमागाईंद्वारा छायाँकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

डेढ दशकभन्दा लामो समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक भीम लिम्बु मधुर सङ्गीतको स्थापित नाम हो । शास्त्रीय सङ्गीतमा स्नातकोत्तर उत्तिर्ण गरेका गायक लिम्बुले यसअघि गाएका गीतहरु मध्ये धानै नाचिन्छ, माया मेरो झुटो रे, फेसबुकैले, यो मुटुमा सहितका गीतहरु लोकप्रिय भैसकेका छन् । करिव पाँच दर्जन गीतमा स्वर दिइसकेका गायक लिम्बुले चलचित्रको पाश्र्व गायनमार्फत समेत आफूलाई प्रमाणित गरिसकेका छन् ।

यस्तो छ भिडियो :-

यसमा तपाइको मत

अन्य समाचार