काठमाडौं,
ज्येष्ठ ११ ।
भोली शुक्रबार अर्थात ज्येष्ठ १२ देखि देशभरका सिनेमाघरमा आउने तयारी गरेको चलचित्र ‘हिटलर’ नामकै कारण चर्चामा छ ।
चलचित्रका निर्देशक सौरभ ढकाल ‘हिटलर’लाई दर्शकले मन पराउनेमा ढुक्क छन् । ‘चलचित्रमा मनोरञ्जनको खुराक छ, कलरफूल छ, कमेडी, प्रेमको संयोजनले उत्कृष्ट बनाएको छ’ उनले भने ।

उनका अनुसार चलचित्रको टाइलट ‘हिटलर’ राख्नुको कारण पनि चलचित्र हेर्दा खुल्नेछ । यससँगै चलचित्र भित्र मेनुका प्रधान, ए गुरुङका फ्यानका लागि उनीहरुको नौलो अवतार विशेष हुने निर्देशक ढकालको भनाई छ । ढकालका अनुसार मेनुका र ए गुरुङले आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय गरेका छन् ।
चलचित्रमा अभिनेता सोहित मानन्धर र नव–अभिनेत्री सामिया बर्तौलाको रोमान्स हेर्न सकिने सौरभले बताए ।






