VIDEO : ‘सोझो बाटो….’ लिएर आए कुवेर र पविधन

काठमाडौं,
ज्येष्ठ १० ।
लामो समयको अन्तराल पछि गायक कुबेर राईले ‘सोझो बाटो….’ लिएर स्रोता तथा दर्शकमाझ आएका छन् । उनलाई यसरी स्रोतामाझ ल्याउने काम गरेका हुन् सङ्गीतकार पविधन खालिङले । स्थापित गीतकार आनन्द अधिकारीले यो गीतका मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् ।
ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई फनिन्द्र राईले सङ्गीत संयोजन गरेका हुन् । राजेश श्रेष्ठ यो गीतका रेकर्डिष्ट हुन् किशोर थापाले गीतलाई मिक्सिङ गरेका हुन् ।


सङ्गीतकार पविधन खालिङले आफ्नै यूट्युब च्यानलमार्फत साकेला उभौली पर्वको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । अमेरिकाबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा एक जोडी प्रेमी–प्रेमिकाको पीडालाई चित्रण गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई देवजङ्ग थापाले निर्देशन गरेका हुन् ।

भिडियोका छायाँकार पनि देवजङ्ग नै हुन् । काठमाडौंको टौदह क्षेत्रमा छायाँकन गरिएको म्युजिक भिडियोमा रोविन विष्ट र सानु सुब्बा नेम्बाहाङले अभिनय गरेका छन् । भिडियोमा रमिला ग्याङ्मी तथा सि.डि.विजय अधिकारीको संवाद समेत समेटिएको छ । निर्मला आचार्यले भिडियोका कलाकारलाई सिंगार्ने जिम्मा लिएकी छिन् । टेकेन्द्र शाह यो भिडियोका सम्पादक हुन् ।
‘यो गीतको रेकर्डिङदेखि भिडियो निर्माणसम्मको सबै तारतम्य मिलाइ दिनु हुने गायिका आभा मुकारुङप्रति आभारी छु, सङ्गीतकार खालिङले भनेका छन्–‘यो गीतको फिमेल भर्सनमा पनि मुकारुङकै स्वर समेटिएको छ ।’

यसमा तपाइको मत

अन्य समाचार