काठमाडौं,
ज्येष्ठ ९ ।
भिडियो सार्वजनिक भएको छोटो समयमा नै पप गीत के यो माया होको म्युजिक भिडियो चर्चामा रहेको छ । म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै उक्त गीतले दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
यस गीतमा दुई दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक जोहेब मानन्धर र चर्चित मोडेल, कोरेयोग्राफर र गायिका रमिता भण्डारीको स्वर रहेको छ । गीतमा गायक जोहेब मानन्धरको शब्द र सङ्गीत रहेको छ ।

गायिका भण्डारी गायन क्षेत्र, अभिनय र इभेन्टमा व्यस्त छिन् । इन्भेन्ट कम्पनी रशलाईट मिडियाकी अध्यक्ष समेत रहेकी उनी छिट्टै गीतिसङ्ग्रह ल्याउने तयारीमा छिन् । उनका सबै गीत दर्शक र स्रोताले मन पराएका छन् । यो गीतबाट उनी निक्कै आशावादी रहेको र सोचेको भन्दा राम्रो प्रतिक्रिया आएको गायिका भण्डारीले जानकारी दिइन् ।

गीतमा सन्दीप कार्कीको एरेन्ज, अशोक महर्जनको मिक्सिङ र मास्टरिङ रहेको छ । रशलाईट मिडियाले निर्माण गरेको यो म्युजिक भिडियोमा जोहेब र रमिता आफैँले अभिनय गरेका छन् ।






