‘लेटमी डान्स नेपाल’मा ११ प्रतिस्पर्धी

काठमाडौं,

ज्येष्ठ ३ ।

‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मि डान्स नेपाल’ को ‘सिजन–२’ दास्रो संस्करण हो ।
‘लेट मि डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झापाको वृत्तामोड, सुनसरिको बिराटनगर, बाँकेको नेपालगञ्ज कैलालिको धनगढी, कास्कीको पोखरा, काठमाडौंलगायत देशका विभिन्न ठूला सहरहरुमा अडिसन लिइएको थियो ।
देशैभरिको अडिसनबाट सय जना प्रतियोगीहरु छानिएका थिए । उक्त प्रतियोगीहरुलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ ।
देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ति प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मि डान्स नेपाल’ प्रतियोगीताका आयोजक तथा संस्थाका अध्यक्ष क्षेणुप लामाले बताए ।


‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’ मा टप ५० बाट टप २५, टप १५ हुँदै टप ११ मा आईपुगेको । जसमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादीङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, झापाबाट सामारिका ढकाल, मोरङबाट सरस्वाती भेटवाल, सुनसरिबाट विकी घतानी र काठमाडौंबाट सुदीन खड्का रहेका छन् ।


‘लेट मि डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका छन् । प्रतियोगीताको फाईनल यहि जेठको अन्तिममा हुनेछ । ११ प्रतियागीबाट टप ७ छानिने छ र अन्तिम फाईनल टप ७ बाट नै हुने आयोजकले बताएको छ । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जजको निणयमा हुने छ ।
प्रतियोगीतामा विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छ । कार्यक्रम फरक–फरक दिनमा र फरक–फरक समयमा नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन र नेपाल वान टेलिभिजनबाट प्रशारण हुदै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार