काठमाडौं,
वैशाख २२ ।
रंजितकुमार केसीको निर्देशनमा चलचित्र रमिता बन्ने भएको छ । चलचित्रको छायाँकन आज शुक्रबारदेखि पर्वत जिल्लाको एक गाँउबाट सुरु भएसँगै चलचित्र बन्ने भएको हो । ‘रमिता’मा दि
लिप रायमाझी र यी दुबैको रोमान्स रहने भएको हो ।
पर्वतकै एक गाउँको कथामा निर्माण हुन लागेको ‘रमिता’मा दिलीप रायमाझी र रजनी केसी मुख्य भूमिकामा देखिनेछन् । पर्वत गाउँकी एक चुलबुले केटीको भुमिका निर्बाह गर्दैछिन् रजनी भने दिलिप उनको अपोजित भुमिकामा देखिदैछन् ।
रजनी र दिलिप मुख्य कलाकार रहेको चलचित्रमा अन्य आधा दर्जन कलाकारको समेत चलचित्रमा अभिनय रहनेछ । इश्वरप्रसाद कडेल र रंजित कुमार केसीले मिलेर बनाउन लागेको चलचित्र शिवराम श्रेष्ठले पर्दामा उतार्दैछन् ।






