काठमाडौं,
वैशाख १२ ।
गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्दमा तयार पारिएको आधुनिक गीत ‘मनमा ठूलो…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । केशव पौडेलले सङ्गीतबद्ध यो गीतमा गरेका हुन् । आमोश तामाङ यो गीतका सङ्गीत संयोजक हुन् ।
यूट्युबमार्फत प्रिमियर गरिएको यो भिडियोलाई सङ्गीतकर्मी डिबी खड्काले निर्देशन गरेका हुन् । गायिका राईको दोस्रो एकल एल्बम ‘दोस्रो भेट’ समावेश यो गीतको म्युजिक भिडियोमा मोडल विजयलक्ष्मी राई तथा थिएटर आर्टिष्ट ज्योती राईले अभिनय गरेका छन् । उनीहरु क्रमशः छोरी तथा आमाको भूमिकामा प्रस्तुत भएका छन् ।
अजय रेग्मीद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुरेश राउत हुन् । यो गीतको शब्द–शब्दमा हाम्रो समाजको युवापुस्ताले परदेशमा भोग्दै आएको तथा भोगिरहेको वास्तविक यथार्थ अर्थात दुःखपीडाहरुलाई समेटिएको छ । हरेक युवा आफ्नो मनभरी अनगिन्ति सुखका ठूल्ठूला सपना बोकेर विदेशिएको हुन्छ तर विदेशमा सोचेको जस्तो सुख र सुविधा छैन । त्यही विदेशमा भोगेका दुःखहरुको वास्तविकतालाई नै यो गीतमा चित्रण गरिएको छ । यो म्युजिक भिडियोलाई डाइनामिक नेपालले उत्पादन गरेको हो ।
https://www.youtube.com/watch?v=BIYVKBhHr6Y






