सारिकाको समयले हो कि सार्वजनिक

काठमाडौं,
चैत २९ ।

थुप्रै चलचित्र र म्युजिक भिडियोबाट धेरैको मन मष्तिस्कमा राज गर्न सफल नायिका तथा मोडल सारिका घिमिरेद्धारा अभिनित ‘समयले हो कि….’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चलचित्र अभिनयमा व्यस्त रहेकी घिमिरे म्युजिक भिडियोमा पनि उतिनै दर्शकको माया पाइरहेकी छन् । स्वरुपराज आचार्यको स्वरमा रहेको यस गीतमा शब्द विष्णुबाबु देवकोटाको हो भने सङ्गीत बालानन्द राईको रहेको छ ।

सार्वजनिक भएको भिडियोका सारिकाको साथमा प्रकाश आचार्य, हेरुका लामा र एलिसा बलामीको अभिनय रहेको छ । विरेन्द्र भट्टको छायांकन रहेको भिडियोलाई हेरुका लामाले निर्देशन र किरण थापाको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=bBCL-3Ulo5k

यसमा तपाइको मत

अन्य समाचार