बक्स अफिस फिल्म क्बलले ग¥यो उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं,
चैत २६ ।
बक्स अफिस फिल्म क्बलले नवौं राष्ट्रिय बक्स अफिस फिल्म फियर अवार्डका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । बक्स अफिस फिल्म क्बल नेपालले २०७२ सालका चलचित्र एवम् चलचित्रकर्मीलाई विभिन्न ५० विधामा प्रतिस्पर्धात्मक ‘राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड–२०७२’ प्रदान गर्ने भएको छ । बक्स अफिसले शुक्रबार राजधानीको आर्मी अफिसर्स क्लबमा भव्य समारोहबीच उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको
हो ।

शुक्रबार मनोनयन सार्वजनिकसँगै ५० ओटै विधाका मनोनीतलाई प्रमाणपत्र र ट्रफी पनि सो कार्यक्रममा प्रदान गरिएको थियो । उत्कृष्ट चलचित्रको मनोनयनमा क्लासिक, ड्रिम्स्, कबड्डी–कबड्डी, पशुपतिप्रसाद र प्रेमगीत, उत्कृष्ट निर्देशकको मनोनयनमा क्लासिकबाट दिनेश राउत, परदेशीबाट नारायण रायमाझी, कबड्डी कबड्डीबाट रामबाबु गुरुङ, पशुपतिप्रसादबाट दीपेन्द्र के खनाल र प्रेमगीतबाट सुदर्शन थापा छन् ।

उत्कृष्ट अभिनेताको मनोनयनमा ड्रिम्सबाट अनमोल केसी, काफल पाक्योबाट जीवन लुईँटेल, भैरवबाट निखिल उप्रेती, प्रेम गीतबाट प्रदीप खड्का र क्लासिकबाट आर्यन सिग्देल एवं उत्कृष्ट अभिनेत्रीका लागि प्रेम गीतबाट पूजा शर्मा, क्लासिकबाट नम्रता श्रेष्ठ, लुटेराबाट निशा अधिकारी, कबड्डी कबड्डीबाट रिश्मा गुरुङ र ‘जाऊँ हिँड’ पोखराबाट रेखा थापा परेका छन् ।

उत्कृष्ट पाँच कलाकारको मनोनयनमा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), दयाहाङ राई (कबड्डी–कबड्डी), दीपकराज गिरी (वडा नम्बर ६), संयम पुरी (लभ सब), रेखा थापा (राम प्यारी) परेका छन् । यो नयाँ विधामा यसपटकबाट अवार्ड दिन लागिएको हो ।

नवोदिन अभिनेताको मनोनयनमा नाजिकर हुसेन ९होस्टल रिटन्र्स्०, पल शाह ९नाई नभन्नु ल–४०, सुशील श्रेष्ठ ९होस्टल रिटन्र्स्०, रोशन श्रेष्ठ ९खुर्पा० र आमेश भण्डारी (फूलै फूलको मौसम तिमीलाई) परेका छन् । नव अभिनेत्रीमा स्वस्तिमा खड्का (होस्टल रिटन्र्स्), साम्राज्ञ राज्यलक्ष्मी शाह (ड्रिम्स्), रोमी घिमिरे (क्लासिक), वर्षा शिवाकोटी (पशुपतिप्रसाद) र वर्षा राउत (नाई नभन्नु ल–४) मनोनयनमा परेका छन् ।

त्यस्तै नव निर्देशकतर्फ चलचित्र ड्रिम्स्बाट भुवन केसी, अधकट्टीबाट सुब्रत आचार्य, भैरवबाट निखिल उप्रेती, लक्ष्यबाट मिलन आले र काफल पाक्योबाट शावित्री काफ्ले खत्री मनोनयनमा परेका छन् ।

यसैगरी वर्षका उत्कृष्ट विशेष चलचित्रहरूको मनोनयनमा वैदेशिक रोजगारीका लागि डब्बु क्षत्रीको राहदानी, लमनोविज्ञानका लागि निर्मल शर्माको चकलेट, क्रिकेटका लागि बीबी फुयाँलको च्याम्पिएन, शरणार्थी समस्याका लागि उदय सुब्बाको रिफ्युजी र मार्सल आर्टका लागि निरन्जन थापाको मिसन खेलाडी परेका छन् ।

सुझाव स्वरूप यसपटक सुझाव अवार्ड पनि प्रदान गरिने भएको छ । सुझाव अवार्डका लागि मोडलबाट ज्योति मगर, यिकाबाट अर्चना पनेरु, निर्देशकबाट ऋषि न्यौपाने, सर्ट फिल्म मेकरबाट शंकर अधिकारी र सिनेमहल मध्यबाट गोपिकृष्ण मुभिजलाई सुझावसहितको आवर्ड मनोनयनमा राखिएको छ । यस्तै, उत्कृष्ट मेकअप आर्टिस्ट, उत्कृष्ट कला निर्देशक, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट पाश्र्व सङ्गीतकार, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट चलचित्र गीत, उत्कृष्ट चलचित्र सङ्गीत, उत्कृष्ट छायांकार, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट चलचित्र सम्पादक, उत्कृष्ट चलचित्र कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवादको मनोनयन पनि सार्वजनिक गरियो । सोही कार्यक्रममा उत्कृष्ट बालकलाकार, उत्कृष्ट हास्य कलाकार, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट आइटम डान्स, उत्कृष्ट खलनायक, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्रीको मनोनयन पनि सार्वजनिक गरियो ।

मनोनयनमा यसपटक धेरै नयाँ विधाहरू पनि थपिएका छन् । मनोनयन सार्वजनिक गरिएको ती नयाँ विधामा वर्षका उत्कृष्ट पोस्टर डिजाइनर, उत्कृष्ट स्टुडियो हाउस, उत्कृष्ट निर्माण नियन्त्रक, चलचित्रसम्बन्धी उत्कृष्ट संघसंस्थाहरू, उत्कृष्ट डिजिटल कारोबार कम्पनीहरू, उत्कृष्ट सिनेमा हलहरू, उत्कृष्ट प्रोमो डिजाइनर, उत्कृष्ट अवार्ड आयोजकहरू, चलचित्रका उत्कृष्ट वितरकहरू, उत्कृष्ट मनि बैंक अवार्डहरू रहेका छन् । यस्तै, वर्षका उत्कृष्ट भीएफएक्सहरू, उत्कृष्ट मिक्सिङहरू, उत्कृष्ट कलर करेक्सनहरू, उत्कृष्ट पाँच सुझाव अवार्डहरूको मनोनयन पनि सार्वजनिक गरियो ।

ती सबै अवार्ड आगामी जुलाईमा क्यानडाको टोरन्टो सहरमा प्रदान गरिने बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर (आरके) सुवेदीले बताए । यसअघि दुबई र थाइल्यान्डमा आयोजना गरिसकेको बक्स अफिस अवार्डलाई विश्व परिक्रम अन्तर्गत २०७२ सालको अवार्ड क्यानडा र २०७३ सालको अवार्ड बेलायतमा प्रदान गरिने अध्यक्ष सुवेदीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार