प्रतिक्षा सार्वजनिक

काठमाडौं,
चैत १७ ।
गायिका प्रतिक्षा गुरुङको ‘प्रतिक्षा’ एल्वम राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको यो पहिलो एल्बम हो । एल्बममा छ वटा गीत समावेश गरिएको छ । जसमा डा.कृष्ण हरि बरालको र दीप घतनीको शब्द, सङ्गीत गैरे सुरेश, र संगीत संयोजन सुमन क्षेत्रीले गरेका छन् ।
गुरुङ कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ, बरिष्ठ गीतकार तथा लेखक डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ होडा, सङगीतकार गैरे सुरेश, गीतकार दिप घतानीको उपस्थितीमा एल्वम सार्वजनिक गरिएको थियो ।
संचारकर्मी बिनोद पोखरेलले उद्घोषण गरेको एल्वम सार्वजनिक समारोहलाई सेलिब्रेटी म्यानेजमेन्ट नेपालले व्यवस्थापन गरेको थियो । एल्बममा रहेका दुई वटा गीतको भिडियो पनि सार्वजनिक गरिएको छ जसलाई कमल राईले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार