हेटौडा,
फागुन ३० ।
सानो पोखरा हेटौडाकी निर्जला अधिकारी महिला निर्देशकको रुपमा रजतपटमा आउँदै छन् । चलचित्र अभिमन्यु, आवाज मजदुरको, टेली चलचित्र अपराध, लौ मा¥यो, अग्रजका चित्कारहरुलगायतकामा अभिनय गरेकी उनी अब निर्देशकको रुपमा आउन लागेकी हुन् ।
छोटा चलचित्र निर्देशन गरिसकेकी निर्जलाले निकट भविष्यमै ठूलो पर्दाको चलचित्र निर्माण, निर्देशन गर्ने घोषणा गर्ने भएकी छन् । झण्डै एक दशकको कला यात्रामा आफुलाई निर्माता भन्नेहरुले प्रायः सबै जसोले आस्वासन मात्र दिने, काम नदिने, हुन लागेको काममा पनि तगारो हालि दिने जस्ता अनुभव बटुलेकी निर्जला अधिकारीले निर्देशन गरेकी छोटा चलचित्र मौकाको फाईदा र बाध्यता यतिबेला युट्युबमार्फत चर्चा बटुली रहेको छ । ‘चलचित्र लेखनमा म सक्रिय थिए अब निर्देशनको तयारीमा छु ।’ उनले भनिन् ।






