न्यूयोर्कम तिम्रो आगमन

सीतल आचार्य
फागुन १५ ।

न्यूयोर्कमा गीति एल्वम तिम्रो आगमन विमोचन भएको छ । बाणिज्यदूत कृसु क्षेत्री, वरिष्ठ नाट्यकर्मी कलाकार तथा प्राज्ञ हरीबहादुर थापा, गीतकार धन लामा लगायतद्वारा गीति एल्बम तिम्रो आगमनमा को बिमोचन गत शनिबार न्यूयोर्कमा सम्पन्न भएको छ ।
न्यूयोर्क स्थित अफ ब्रोडवे थियटरमा सफलतापूर्वक मन्चन गरिएको नाटक जोडियोस् भत्किएका मनहरुका कलाकार तथा सम्पूर्ण टीमलाई गीतकार धन लामाद्वारा सम्मान गरिएको थियो । सोही अबसरमा (न्यूयोर्कमा हाल फोक्सोको रोगबाट पिडीत प्रशा तुलाधरको उपचारार्थ धन लामाले ३०० डलर सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो। बिमोचन कार्यक्रममा गीतकार धन लामाले गिती एल्बममा भएको एउटा गीतको म्युजिक भिडियो देखाउनु भएको थियो । गायीका पबिता परियार, बसन्ती राई, आदित्य लामाद्वारा एल्बममा भएका गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कनेक्टीकट राज्यबाट सहभागी हुन आउनु भएका अतिथी एड स्मिथले एल्बममा भएको एउटा गीतलाई गिटारको धुनमा प्रस्तुत गर्नु भएको थियो भने अर्का अतिथी मेरी म्याकेन्ना पिएचडीले गीतकार धन लामाको बहुआयामिक प्रतिभाको चर्चा गर्नु हुदै नेपाली बालबालिकाहरुको लागि लेखिएको अंग्रेज़ी पुस्तकलाई धन लामाद्वारा नेपालीमा अनुबाद गर्नु भएको बारे पावर पोईन्ट प्रेजेन्टेशन प्रस्तुत गर्नु भयो ।
समाजसेवी डा. बिष्णुमाया परियारले नेपालका दलित पिडीत महिला बालबालिकाहरुको उत्थानको लागि पुर्याउनु भएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्य अन्तर्गत लुईसभिल सिटीका मेयर ग्रेग ई फिशरले सेप्टेम्बर २७ को दिनलाई डा. बिष्णुमाया परियार डे को रुपमा मनाउने घोषणा गराईयो । त्यसैगरी व्हिल चियरमा पाल्नु भएका साहित्यकर्मी हस्त गौतम मृदुलले बढो चित्तबुझ्दो व्यंग्यात्मक मुक्तक सुनाउनु भएको थियो।
विशेष अतिथी मध्येबाट बाणिज्यदूत कृसु छेत्रीस वरिष्ठ नाट्यकर्मी एवम् प्राज्ञ हरिबहादुर थापा बुद्धिजीवि डा. तारा निरौला समाजसेवी डा. बिष्णुमाया परियार सिर्जनाका यात्राहरुका अगुवा साहित्यकर्मी सहदेव पौडेल र सिर्जनशील साहित्यकार शकुन ज्ञवालीले गीतकार धन लामालाई शुभकामना मन्तब्य दिनु भएको थियो ।

 

कार्यक्रमको अन्तमा आयोजक गीतकार धन लामाले उपस्थित सबैलाई न्यूयोर्कको ब्यस्त दैनिकीमा पनि आफ्नो समय मिलाएर पाल्नु भएकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो। मनकारी युवाकवि तथा गीतकार धन लामालाई हाम्रो शुभकामना ।

यसमा तपाइको मत

अन्य समाचार