काठमाडौं
फागुन १३ ।
नायक दिलीप रायमाझि तिम्रो रङ्ग रसिलो भन्दै अपेक्षा बस्यालसँग एक काबेलि लोक गीतको म्युजिक भिडियोमा देखिएका छन् । दिलिप र अपेक्षाले उक्त भिडियोमा अन स्कक्रृन रोमान्स गरेका छन् ।
युट्युवबाट सार्वजनिक गरिएको गीतमा गायक अर्जुन कौशलको स्वर रहेको छ । गीतको भिडियोलाई रेन्बो म्युजिक कम्पनिले बजारमा ल्याएको हो । शिब बिकको कोरियोग्राफ रहेको भिडियोलाई अर्जुन तिवारिले खिचेका हुन् ।
शब्द तथा सङ्गीत दुबै अर्जुन कौशलकोनै रहेको यो गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।






