‘कोइला’मा कोइराला

काठमाडौं
माघ २९ ।
आधादशक अगाडीबाट निर्माताको रुपमा कलाकारिताको क्षेत्रमा प्रवेश गरेका कलाकार दिपेन्द्र कोईरालाले विगतमा ‘एक्शन’, ‘सरकार’ आदि चलचित्रमा आफ्नो कुशल अभिनय प्रदर्शन गरिसकेका छन् । चलचित्र ‘कोइला’बाट भने खरो रुपमा देखा पर्दैछन ।

चलचित्र ‘कोइला’बाट दिपेन्द्र निक्कै आशावादी देखिएका छन् । चलचित्र क्षेत्रमा एक सम्भावाना बोकेर आएका नायक हुन उनि । ‘कोइला’बाट नायकको रुपमा उदाएका दिपेन्द्र हेर्दा पनि आकर्षक, चकलेटी र सुगठित शरीरका धनि छन । काठमाडौं चावहिलका स्थानीय नायक दीपेन्द्र अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्न सकेका हुन ।

सानै देखि नायक बन्ने सपना बोकेका दिपेन्द्र भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुईमत छैन । चलचित्र ‘कोइला’बाट एकजना सम्भावना बोकेका नायक दिपेन्द्र कोइराला थपिएका छन् भन्दा फरक नपर्ला ।

‘कोइला’ एक्सन र प्रेम कथाले भरिपुर्ण भएको कारणले पनि नेपाली चलचित्र प्रेमीहरुको मन जित्न सफल हुने र आफुलाई कलाकारीताको क्षेत्रमा स्थापीत गराउन सहयोग पुग्ने कुरामा नायक दिपेन्द्र कोईराला विश्वस्त छन् ।

निर्माताको रुपमा सिने नगरीमा प्रवेश गरेको भएपनि यतिबेला कलाकारको रुपमा संघर्षरत छन् । नायक कोईराला हाल छायाँकन भैरहेको चलचित्र ‘पुजारी’मा व्यस्त छन् ।

यसमा तपाइको मत

अन्य समाचार